मकवानपुर– मकवानपुरमा आइतबार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित  प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

संक्रमितमध्ये ६ जना महिला र १७ जना पुरुष रहेका छन् ।  हेटौंडा–४ स्थित आइसोलेसन वार्डका जन स्वास्थ्य निरिक्षक भोला चौलागाईंका अनुसार हेटौंडाको विभिन्न प्रहरी चौकीमा कार्यरत् पाँचजना प्रहरी, हेटौंडा उपमहमानगभित्रका १६ जना स्थायीबासिन्दा, विराटनगर घर भएर हेटौंडामा बस्दै आएका एकजना र बकैया गाउँपालिका–४, स्थायी घर भएर हाल हेटौंडाको एक सहकारीमा  कार्यरत् महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । १२९ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै मकवानपुरमा संक्रमितको संख्या ७७ पुगेको छ जसमध्ये २९ जना डिस्चार्ज भइसकेका छन् भने अब आइसोलेसनमा रहनेको संख्या ४५ पुगेको छ ।