हेटाैंडा– मकवानपुरमा थप ६ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६ जना मध्ये चार जना हेटौंडा उपमहानगरपालिका भित्रका, एक जना भीमफेदी गाउँपालिकाको र एक जना नेपाल प्रहरीका रहेका छन् । आज कोरोना संक्रमण पुष्टि भएका हेटौंडा ९ का ५८ वर्षिय पुरुष, हेटौंडा ६ का ३२ वर्षिय गृहीणी महिला, हेटौंडा ८ का ४० वर्षिय पुरुष, हेटौंडा ५ का ५५ वर्षिय पुरुष, भीमफेदी गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुष र हेटौंडाको वसपार्कमा कार्यरत नेपाल प्रहरीका ४२ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यससंगै मकवानपुरमा काेराेना संक्रमितकाे संख्या ६० पुगेकाे छ ।