मकवानपुर– मकवानपुरमा बिहीबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा दुइजना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज प्राप्त रिपोर्टमा हेटौंडाका दुईजना पुरुष र मकवानपुर गढी गाउँपालिकाका एकजना महिलामा संक्रमण देखापरेको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काले जानकारी दिनुभएको छ ।  परिक्षणका क्रममा हेटौंडा–६ हात्तिलेटका ५१ वर्षिय पुरुष र हेटौंडा–१७ का २६ वर्षिय पुरुष तथा मकवानपुर गढी गाउँपालिका–३ की २६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।