हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका कार्यालय सदस्य, मदन भण्डारी फाउण्डेशनका प्रदेश सदस्य तथा नेपाल बुद्धीचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठले आफ्नो जन्मदिन आज हेटौंडाको ओम बृद्धाश्रममा सहयोग गरेर मनाउनु भएको छ । श्रेष्ठले आफ्नो जन्मदिनका अवसरमा बृद्धाश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेर जन्मदिन मनाउनुभएको हो ।

बिगत पाँच वर्षदेखि श्रैष्ठले आफ्नो जन्मदिनका अवसरमा बृद्धाश्रमलाई सहयोग गरेर जन्मदिन मनाउँदै आउनुभएको छ । बृद्धाश्रम निर्माण गर्नका लागि सुरुवात देखिनै लागिपर्नु भएका श्रेष्ठले भवन निर्माणमा पनि सहयोग रकम जुटाउने लगाएतका सहयाेगकाे काम गर्दै आउनुभएको छ । थोरै भएपनि यहाँ बस्ने बृद्धबृद्धाहरुलाई खाना खुवाउनका लागि सहयोग पुगोस भन्ने उदेस्यले रकम हस्तान्तरण गरेकाे उहाँले बताउनुभएकाे छ ।

बृद्धाश्रमका अध्यक्ष बुद्धी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देल, हेटौंडा १ का वडासदस्य बेगम वराल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल बुद्धीचालसंघका धरम लामा लगायतकाको सहभागिता रहेको थियो ।