हेटाैंडा– मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रूपैयाँ बराबरकाे बजेट बिनियोजन गरेको छ । बुधबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीकाे सभाध्क्षतामा भएकाे साताैं गाउँसभामा उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउँदो आर्थिक वर्षको लागि ७६ करोड १६ लाख ३५ हजार ४२० रूपैयाँ बराबरकाे अनुमानीत बजेट समेत प्रस्तुत गर्नुभएकाे हाे ।

विनियोजित बजेटमा आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने अनुमान, आन्तरिक आयतर्फ बन रोयल्टीबाट ५० लाख र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजस्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ क्रमश: १८ करोड ४४ लाख र २ करोड ५४ लाख ५५ हजार प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ । बजेटमा चालु खर्चतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैया (४१.४३ प्रतिशत) र पुँजीगत तर्फ ४४ करोड ६० लाख ८० हजार रुपैया ( ५८.५७ प्रतिशत ) बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयाे ।