हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौँडा क्याम्पसको ११ औं क्याम्पस सभा साेमबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देल, नेपाली काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, हेटौँडा क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष बालकृष्ण चौलागाईं, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष उमेश पुरी, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भूपेन्द्र कोइराला, कर्मचारी संघका अध्यक्ष प्रकाश दाहाल, भूटनदेवी माविका व्यवस्थापन समिति अध्यक्ष गोविन्द दाहाल, यु.रे.स. हेटौँडा क्याम्पसका सचिव दिपेश लामिछाने, विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।