काठमाडौं– अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कानूनी र नीतिगत व्यवस्था निश्चित समयभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
विकाससँग सम्बन्धित मन्त्रालयहरुसँग अर्थ मन्त्रालयमा आज सम्पन्न २ दिने छलफलमा अर्थ मन्त्री डा. खतिवडाले कार्य विधि र मापदण्ड संशोधन गर्नुपर्ने भए साउन भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छलफलमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता उत्तर कुमारी खत्रीले जानकरी दिनुभयो ।बजेट कार्यान्वयमा कुनै समस्या भए त्यसमा सहजिकरण गर्ने र आगामी साउनदेखि आयोजनाहरुको कार्य सम्पादन सम्झौता गरेर बजेट कार्यान्वय अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ ।