मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित निर्माणाधिन पार्कको डिपीआर तयार गर्ने निर्णय भएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखरघुनाथ खुलालकाे उपस्थितीमा वडाअध्यक्षलगायत अन्य जनप्रतिनिधि एवम सरोकारवालाको बैठकले निर्माणधिन पार्कको डिपीआर तयार गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको बैठकले पार्कको नामाकरण समेत गरेको छ । यस अघि मदन भण्डारी बाल उद्यानका नामबाट सरसफाई गर्ने, पक्की वाल लगाउने, बृक्षारोपण गर्ने जस्ता काम भएको उक्त पार्कको नाम परिर्वतन गरेर दिव्य बाल उद्यान राख्ने निर्णय भएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । आज बसेको वैठकले वाल उद्यानको विधान तयार गरेर अगाडी बढ्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।