हेटाैंडा– कोरोना भाइर (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख ४७ हजार ११ जना संक्रमित भएका छन ।

नेपाली समयानुसार बिहीबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ६५ हजार ७०८ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।