फाइल तस्विर

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भिमफेदी–कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । भिमफेदी गाउँपालिका–६ गढी नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको हो । 

सडकमा लेदो माटोसहितको पहिरो खसेकाले बाटो दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार रातिदेखि परेको लगातारको वर्षाका कारण आज बिहान माथिबाट लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पहिरो पन्छाउने काम भइरहेको तथा बाटो अवरुद्ध हुँदा सयौँ सवारी साधन बिच बाटोमा रोकिएको उहाँले जानकारी दिनुभयो ।