गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेस विज्ञप्ति प्रकाशित गरेर सङ्क्रमितको सङ्ख्या बढेको जानकारी दिएको हो ।

निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका आठ र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना गरी गोरखामा १० जना, स्याङ्जाको चापकोट नगरपालिकाका चार जना, नवलपरासी (सुस्ता पूर्व ) विनय त्रिवेणी गाउँपालिकाका एक र मध्य बिन्दुका एक जना गरी दुई जना, कास्कीको पोखरा महानगरपालिकाका एक र बागलुङको तारा खोला गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक महिला बाहेक अरू सबै पुरुष रहेको जनाइएको छ । यससँगै गण्डकी प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय २३ पुगेको छ ।