हेटौँडा, फागुन २५ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएकाे छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२५ सिट जितेकाे छ ।
यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।
पछिल्लाे पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएकाे छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयाेगले नेकपाका मातृकाप्रसाद यादवलाई आयाेगले निर्वाचित भएकाे प्रमाणपत्र दिएकाे छ । प्रतिनिधिसभा सदस्य चुनावका लागि गएकाे बिहीवार मतदान भएकाे थियाे । यस्तै अहिले समानुपातिकतर्फकाे मतगणना भइरहेकाे छ ।