काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि सचिवालय बैठक आह्वान गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषयमा बैठकमा छलफल हुने बताइएको छ ।