प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । उनले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाएका हुन् । सुरक्षा परिषद्मा प्रधान सेनापतिदेखि सबै सुरक्षा निकायका प्रमुख पनि रहनेछन् । आज काठमाडौंमा भएको प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । काठमाडौंलगायत विभिन्न ठाउँमा जेनजी पुस्ताको आन्दोलन जारी छ । अहिले प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसहितका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल निष्क्रियको विरोधमा जेनजीले गरेको प्रदर्शन कतिपय स्थानमा उग्र बनेको छ । भने, उक्त प्रदर्शनका क्रममा १४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सयौं घाईते भएका छन् । यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।











