हेटौंडा,साउन ३ । मकवानपुर जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय हेटाैंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको २४औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानीयाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

May be an image of 6 people and text

अभिभावक भेलाको अवसरमा विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुका साथै शिक्षक÷विद्यार्थी, अक्षय कोषदाता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा २०८१ सालको एसईईमा ३.६ भन्दा माथि जीपीए ल्याउन सफल १२ जना विद्यार्थीलाई नगद र प्रशंसापत्रसहित, सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल विषय शिक्षकहरु र विद्यालयको अक्षयकोषमा रकम दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा–९ का वडाअध्यक्ष सुकराम केसीलगायत विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

May be an image of 8 people, people smiling and text

अभिभावक भेलाबाट शिक्षक अभिभावक संघको पुनर्गठन हुने प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा ११ मा हाल विद्यार्थी भर्ना चलिरहेकोबाहेक हाल एक हजार २७४ जना विद्यार्थी अध्यनरत रहेको उहाँले बताउनुभयो । २०३२ सालको वसन्त पञ्चिमीका दिन स्थापना भएको विद्यालयको स्वर्ण महोत्सव समेत यसै वर्ष मनाईने उहाँले बताउनुभयो ।