हेटौंडा । हेटौंडाको टिसीएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल आउने भएका छन् । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रश्तुती भैरहेको छ । सोही क्रममा मकवानपुरे दर्शकलाई आफ्नो सांगीतिक प्रश्तुतीमार्फत मनोरञ्जन प्रदान गर्न खरेल आउन लागेका हुन् । युवा पुस्तामाझ लोकप्रिय गायक खरेलको दर्जनौं चर्चित गीतहरु रहेका छन् । सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको निर्णायक समेत रहेका खरेलले करिब एक दर्जन आफ्ना चर्चित गीत मकवानपुरे दर्शकमाझ पस्किने आयोजकले जानकारी दिएको छ । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती पनि रहनेछ । मकवानपुरको खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैमिक विभिन्न बिधाको खेलहरु समेत सन्चालन भैरहेको छ ।