मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्नुहुँदै घोषणा गर्नुभयो ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गर्नुभएको थियो । पहिलो र दोस्रो ठूलो दल मिल्दा विश्वासको मतले सार्थकता पाउन नसक्ने भएकाले राजीनामा दिएको जम्कट्टेलले बताउनुभयो । ‘विश्वासको मत नलिने र अहिलेको समीकरण अनुुसार नयाँ सरकार मार्ग प्रशस्त गरिदिने सभामुख मार्फत सभालाई जानकारी गराउन चाहन्छु,’ जम्कट्टेलले भन्नुभयो ।











