मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले बागमती प्रदेश संसदिय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियासहित मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै राजीनामा दिनुभएको हो । एमालेबाट थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संयुक्त रुपमा राजिनामा दिनुभएको हो ।

एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।