प्रतिकारात्मक तस्विर

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाका वडा नं ६ जुरिखेतमा स्कुल बस दुर्घटना भएको छ । भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गर्त जुरीखेतबाट चिउरी बगैचातर्फ जादै गरेको बा.१घ ५८६ नम्बरको कुलेखानी बोर्डिङ स्कुल बस मंगलबार अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी बसमा सवार ७ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन् । घाइतेहरु मध्य ८ जनाको हेटौंडा अस्पताल ल्याईएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।