हेटौंडा । नेकपा माओवादी (केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी)को हेटौंडा उपमहानगर अध्यक्ष तथा माओवादी पार्टी मकवानपुरको जिल्ला सचिवालय सदस्य नमुना पाण्डे एमालेमा प्रवेश गर्नु भएको छ । बुधबार औपचारिक रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाइ पार्टीमा स्वागत गर्नु भएको हो । एमालेका केन्द्रीय तथा मकवानपुरका नेताहरुसंगको भेटघाटका क्रममा उहाँले पार्टी प्रवेश गर्नु भएको हो ।












