सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेल्लो सरकारको शुभारम्भ गरेका हुन् । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो । हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ ।