मकवानपुर – नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१६, मा आयोजित बृहत कार्यकर्ता भेटघाट, बनभोज तथा जनसांस्कृतिक कार्यक्रम एवं राष्ट्रिय युवा संघ नेपाल प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

No description available.

अध्यक्ष श्रेष्ठले पछिल्ला तीन वर्षमा देश र जनताका लागि कम्युनिष्ट सरकारले गरेका कामबाट समेत त्यो प्रष्ट भएको उल्लेख गर्नुभयो । केपि ओलिकै कारण मुलुकको स्वाधिनता रक्षा भएको साथै देशमा विकासको लहर छाएको बताउनुहुँदै अहिलेको गठबन्धन सरकारका कारण ती सबै अहिले रोकिएको बताउनुभयो । उहाँले पाँच दलिय गठबन्धन सरकारलाई विकास विरोधि, अदालति एवम् भडुँवा सरकारको आरोप समेत लगाउनुभयो । उहाँले विकास बिरोधि पार्टीलाई जनताले अब बुझ्न जरुरी रहेको भन्दै स्वाधीनता जोगाउदै सुखि नेपाली समृद्ध नेपाल निर्माणका लागि एमाले रोज्नु पर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले कार्यकर्ताहरुलाई एमाले सरकारले गरेका कामहरुका बारेमा जनतालाई बुझाउँदै निर्वाचन केन्द्रित कार्यक्रमहरु संचालन गर्न निर्देशन समेत दिनुभयो । सो अवसरमा राष्ट्रिय युवा संघ नेपालको प्रथम वडा अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनबाट अमृत सापकोटाको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय युवा संघ नेपाल १६ नम्बर वडा कमिटी सर्वसम्मत चयन गरेको थियो ।
एमाले हेटौंडा १६ नम्बर वडा कमिटीका अध्यक्ष सागर बास्तोलाको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, कमलबहादुर बिष्ट, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, सचिवालय सदस्य एवम् अनेम संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, सचिवालय सदस्य एवम् युवा ईन्चार्ज संतोष चौलागाई, हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी, बाशुदेव दंगाललगायतको आतिथ्यता थियो ।