मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पाँच दलिय गठबन्धनका लागि एमाले एक्लै काफि रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१६, मा आयोजित बृहत कार्यकर्ता भेटघाट, बनभोज तथा जनसांस्कृतिक कार्यक्रम एवं राष्ट्रिय युवा संघ नेपाल प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पाँच दलिय गठबन्धनका लागि एमाले एक्लै काफि रहेको बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले भन्नुभयो – “पाँच दलिय गठबन्धन एक/एक किलाे गरि पाँच किलोकाे ढक हाे, तर, एमाले एक्लै १० किलोको । तागत भए एक्लै आए हुन्छ ।” उहाँले अहिलेको सरकारलाई जनताको सरकार नभई अदालती सरकार भएको भन्दै आउँदो चुनाबमा जनताले नै पत्ता साप गर्ने समेत बताउनुभयो । नेता खुलालले एमाले मिसन र भिजन भएको पार्टी भएको भन्दै एमाले बाहेक अरु कुनै पार्टीसंग देशको समृद्धि र विकासको भिजन नरहेको उल्लेख गर्नुभयो । उहाँले तगत छ भने एक्लै चुनावमा आउन चुनौती समेत दिनुभयो ।
एमाले हेटौंडा १६ नम्बर वडा कमिटीका अध्यक्ष सागर बास्तोलाको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कमलबहादुर बिष्ट, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, सचिवालय सदस्य एवम् अनेम संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, सचिवालय सदस्य एवम् युवा ईन्चार्ज संतोष चौलागाई, हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी, बाशुदेव दंगाललगायतको आतिथ्यता थियो ।