मकवानपुर । मकवानपुरमा शनिबार (आज) दुइवटा ट्रक एकआपसमा ठोकिदा जलेर नष्ट भएको छ । भने, दुर्घटनामा दुइजना गम्भिर घाइते भएका छन् । पुर्ब पश्चिम सडक खण्डमा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान करीब २ बजे मकवानपुरको मनहरी गाउँपालिका–६, स्थित नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुबै ट्रक जलेको साथै ट्रकमा सवार दुइजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाईते हुनेमा ट्रकमा सवार चितवन राप्ति नगरपालिका–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ र ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा रहेको उहाँले बताउनुभयो । गम्भिर घाइते दुवैजनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।











