प्रतिकारात्मक तस्विर

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बनेपा–सिन्धुली–बर्दिबास–(बिपी) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा एक पुरुष र एक महिलाको ज्यान गएको छ ।
उनीहरूको पहिचान हुन सकेको छैन । घाइते पुरुषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको छ । मृतक दुवैको घटना स्थलमै मृत्यु भएको हो । कार सडकबाट करिब २० मिटर तल खसेको छ ।