हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलमा शनिबार (भोली) परिकार मेला (फुड फेस्टिवल) आयोजना हुने भएको छ । अतिरिक्त कृयाकलाप अन्तरगत विद्यार्थीहरुको सिकाई अभिबृद्धि गर्ने उदेश्यका साथ विद्यालयले परिकार मेला (फुड फेस्टिवल) र विज्ञान प्रदर्शनी आयोजना गर्न लागेको हो ।
पेशा, व्यवसाय र प्रविधी शिक्षामा विद्यार्थीहरुको सिकाई अभिवृद्धीका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल दुर्गा प्रसाद भट्टराईले बताउनुभयो । यस्तो किसिमको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञानको विकास हुने उहाँले बताउनुभयो । परिकार मेलामा विद्यार्थीहरुले बनाएका खानाका विभिन्न परिकारहरु प्रर्दशनमा राखिने उहाँले जानकारी दिनुभयो । उक्त परिकारहरु विद्यालयका शिक्षक, विद्यार्थी लगायत अन्य उपस्थित सरोकारवाला व्यक्तिहरुले खरिद गरेर खान सक्ने उहाँले बताउनुभयो ।
विद्यालयमा भोली परिकार मेला, विज्ञान प्रदर्शनी संगै चित्रकला र नृत्यसमेत आयोजना हुने भएको छ । विद्यार्थीहरुको वैज्ञानिक सोचाई, अध्ययन र अनुसन्धान गर्ने बानीको विकास गराउन विद्यालयका विद्यार्थद्धारा तयार पारिएको विज्ञान सम्बन्धी प्रदर्शनी आयोजना गर्न लागिएको हो । पठनपाठनको क्रियाकलापमा विज्ञान विषयलाई वढी जोड दिइदै आएकोले विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न कार्यक्रम आयोजन गरिएको उहाँले बताउनुभयो । विद्यालयका प्रिन्सीपल भट्टराईले परिकार मेला र विज्ञान प्रदर्शनीमा सहभागिताका लागि सम्पूर्णमा आग्रह समेत गर्नुभएको छ ।

No description available.