मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८÷०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४ प्रतिशत) बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
मन्त्री काफ्लेले आगामी आर्थिक वर्षमा कर राजश्वबाट २८ अर्ब, ८७ करोड ८२ लाख १ हजार रुपैयाँ आम्दानी गरिने अनुमान प्रस्तुत गर्नुभएको छ । यस्तै अन्य करबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार रुपैयाँ, संघीय वित्तीय हस्तान्तरण ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, विविध आयबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ व्यहोरिने बताउनुभयो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
आइतबार प्रदेश सभामा आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नु भएको बजेटमा सबै भन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । १४ मन्त्रालय मध्ये सबै भन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ पाएको हो ।
यस्तै खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयले ७ अर्ब २८ करोड ७१ लाख, कृषि तथा पशुपन्छी विकास मन्त्रालय २ अर्ब ६३ करोड ४२ लाख, संस्कृति पर्यटन मन्त्रालयले ३ अर्ब ६७ करोड ७० लाख, सहकारी तथा गरिवी निवारण मन्त्रालयले २५ करोड ७८ लाख, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले, ७७ करोड ९६ लाख, श्रम, रोजगार तथा यातायात मन्त्रालयले ८७ करोड ४१ लाख, स्वास्थ्य मन्त्रालयले ३ अर्ब ९६ करोड ८८ लाख, सामाजिक विकास मन्त्रालयले ४ अर्ब ३५ करोड ९७ लाख, युवा तथा खेलकुद मन्त्रालयले १ अर्ब १६ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६२ करोड ११ लाख र वन तथा वातावरण मन्त्रालयले ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ प्राप्त गरेको छ ।
स्थानीय तहलाई १४ अर्ब १५ करोड अनुदान
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय तहलाई अनुदान र कर बाँडफाँड वापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि सम्मानीकरण अनुदान १ अर्ब ६६ करोड रुपैयाँ हस्तान्तरण गर्ने बजेट वक्तव्य मार्फत् उपलब्ध गराउने जनाएको हो ।
सशर्त अनुदान वापत ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, समपुरक अनुदान वापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ, विशेष अनुदान वापत ७६ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सवारी कर बाँडफाँड वापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ हस्तान्तरण गर्ने अनुमान गरिएको छ ।
बागमती प्रदेश सरकारले बजेट मार्फत सहकार्य र साझेदारी मार्फत लागानी र उत्पादन अभिबृद्धि गर्ने, आर्थिक तथा सामाजिक पूर्वाधारका क्षेत्रहरुको विकास मार्फत गरिबी न्युनिकरण गर्ने, उद्यमशिलता विकास र आधुनीक प्रविधिको उपयोग गरी रोजगारी सृजना गर्ने, बजेट प्रणलीमा सूधार गरि सार्वजनीक खर्चको प्रभावकारीता कायम गर्ने, शुसासन प्रबद्र्धनका लागि सार्वजनीक सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने उदेश्य राखेको मन्त्री काफ्लेले बताउनुभयो ।
त्यस्तै बजेटले गुणस्तरीय पूर्वाधार शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, आधुनीक र व्यवसायिक कृषि क्षेत्रको विकास, पर्यटन प्रबद्र्धन, सहकारी र उद्यमशीलताको विकास, वातावरण संरक्षण र विपद व्यवस्थापन, सूचना प्रविधि, नवप्रबद्र्धन र खेलकुद क्षेत्रको विकास र प्रदेशको संस्थागत क्षमता विकास र शुसासनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

बजेटको पूर्णपाठ