हेटौंडा– वालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र बिभिन्न वडाहरुका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ जना नगरसहजाकर्ता र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई वालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता बिकास तालिम दिएको हो ।
तालिमका क्रममा सजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् । उपमहानगरले हाललाई असार मसन्त सम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो । सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।











