मकवानपुर । हेटौंडामा सोमबार परिवार नियोजन स्थायी बन्ध्याकरण (भ्यासेकटोमी) शिबिर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको सयुक्त आयोजनामा एक दिने शिविर भएको हो । हेटौंडा–११, स्थित संघको कार्यालयमा आयोजित शिविरमा १६ जनाको स्थायी बन्ध्याकरण गरिएको जनाएको छ ।











