हेटौंडा÷ मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आइतबार करिब ६ हजार भन्दाबढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको बाह्रौं दिन आइतबार करिब ४०लाख बराबरको कारोबार भएको अनुमान गरिएको छ ।
आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएकी थिइन् । उनले बोल माया…, लाउन्नदाजै पिरती…, भीर मौरी भीरैमा…, गलबन्दी च्यातियो…, ए फुलमाया यता आइजो…, हिमाल फुलहिउँमै सरेको…, सोल्टी बजारमा…, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै आजै गायक सुजील कर्माचार्यले भुमो भुमा…, मानिलेउ संसारकै तिमी राम्री लगायतका गीतहरु प्रस्तुत गरेकाथिए
महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुतीदिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगितार हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । आइतबार आइडलबाट राजेश दर्नाल बाहिरेका छन् भने बाकीँ ५ जना फाइनल प्रवेश गरी आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् । ११ गते सुरु भएको महोत्सव माघ २३ गते सोमबार सम्म सञ्चालन हुनेछ । महोत्सवमा आज आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा निशुल्कस्वास्थ्य परिक्षण गरिएको थियो ।











