हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ बाघचौरमा रहेकोे जनता आधारभुत बिद्यालयमा रोटरी क्लब अफ मकवानपुरले शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीवार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ कक्षा सम्मका ९० जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिल लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनता आधारभुत बिद्यालयका संचालक समितिका अध्यक्ष पुर्ण बहादुर स्याङ्तानको प्रमुख आतिथ्यता रहेकोे थियो भने प्रध्यानाध्यापक सुमित्रा अर्याल, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन साङ्गामी, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राई लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले आगामी दिनमा पनि बिद्यालयलाई आवश्यक सहयोग गर्ने बताए । त्यसैगरी बिद्यालयका अध्यक्ष स्याङ्तानले बजारबाट नजिकै रहेपनि विभिन्न पुर्वाधारले पछि परेको उक्त बिद्यालयमा आवश्यक सहयोगको अपेक्षा व्यक्त गरेका थिए । ८ कक्षासम्म अध्ययन हुने बिद्यालयमा १ सय ५४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।











