काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पदभार ग्रहण गर्नु भएको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गर्नु भएको हो । प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्रीका रुपमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएकाे हाे । उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।











