मकवानपुर – मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार हेटौंडा–१४ कालापनीका २३ वर्षीय समीर थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ना ५४ प ३४५३ नम्बरको मोटरसाईकललाई भित्री बाटोमा रोकी सुरक्षाजाँच गर्दा थोकरले हेलमेटमा लुकाईछिपाई ल्याएको लागुऔषधसहित पक्राउ गरिएको हो । उनको साथबाट कोडिवेल ७ बोतल (प्रति बोतल १०० मिलिलिटर), टैमाद २८ पिस (ट्याबलेट) फेला पारी मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।