मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले “मकवानपुर समृद्धिका संभावना र यसका आधारहरु” विषयक विचार संकलन गोष्ठी आयोजना गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी भदौं ३१ गते विचार संकलन गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
फाउण्डेशनले हरेक महिना एउटा कुनै न कुनै प्रकारको रचनात्मक कार्यक्रम आयोजना गर्ने र समाज रुपान्तरणमा सकारात्क संदेश दिने योजना अनुसार कार्यक्रम आयोजना गर्दै आएको छ । यस अघि अघिल्लो महिना “सामाजिक, आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारी” बिषयक बिचार गोष्ठी आयोजना गरेको फाउण्डेशनले भदौं महिनामा विचार संकलन गोष्ठी आयोजना गर्ने निर्णय गरेको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो । गोष्ठीमा राजनितिक, सामाजिक, आर्थिक, सांकृतिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराउने योजना रहेको उहाँले बताउनुभयो ।
यस्तै बैठकले आगमी महिनाको असोज ८ गते बडादशै, शुभदिपावली एवम् छठ पर्व, नेपाल सम्वत, क्रिसमस, ईद लगायत नेपाली चार्डपर्वका उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले अघिल्लो महिना संचालित बिचार गोष्ठीमा सहभागि प्रमुख अतिथि, अतिथिलगायत सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा फाउण्डेशनका उपाध्यक्ष आशाकाजी श्रेष्ठ, सचिव बोलबाहादुर कार्की, कोषध्यक्ष चन्द्रावती पनेरुलगायत सदस्यहरुको उपस्थिती थियो ।