मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार विहान हेटौंडामा बसेको क्षेत्रीय वैठकले नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जिल्लाका हेभिवेटका नेताहरुको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
क्षेत्रीय समितिको वैठकले मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनको उम्मेदवारको रुपमा कांग्रेस मकवानपुरका चर्चित नेताहरुलाई अगाडि बढाउने निर्णय गरेको हो । वैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदावरको रुपमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
त्यस्तै वैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ विष्णु लामिछाने, रघुरमण न्यौपाने, गोपीलाल विक, पवित्रा विक, सुवातसिं थिङ, गीता राई, सञ्जिता सिग्देल, सुदिप वर्तौला, राजकुमार जीएम र नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेतीले जानकारी दिनुभयो । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनु भएको उहँँले बताउनुभयो । कालाखेतीका अनुसार बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि डिना र २ नम्बर क्षेत्र को (ख) का लागि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठक सिफारिस हुनु भएको छ । प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको उहाँले बताउनुभयो ।