हेटौंडा- हेटौंडा उपमहानगरपालिका स्थित बुद्धचोकमा आज रक्तादान कार्यक्रम गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्ले रक्तादान कार्यक्रम आयोजना गरेको हो ।
युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन रक्तादनन कार्यक्रम गरिएको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले कार्यक्रमको उद्घाटन् गर्नुभयो । रगतदान जिवनदान भएकाले यस्ता महत्वपूर्ण काममा सहभागि हुन उहाँले आग्रह गर्नु भएको छ। कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेश युवा परिषद्ले बिभीन्न समयमा रक्तादान कार्यक्रम गरिरहेको स्मरण गराउनुभयो । हेटौंडा जेसिजको समन्वयमा गरिएको रक्तादान कार्यक्रममा दुइदर्जन भन्दा बढीले रक्तादान गरेका छन।