इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बराबरीमा ल्याउन सफल भयो ।
खेलको ३२ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले गोल गरेर फुलहामलाई अग्रता दिलाए । तर ६४ मिनेटमा डार्विन नुनेजले गोल गरेर लिभरपुललाइ बराबरीमा ल्याए । मित्रोभिचले नै ७२ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले २–१ को अग्रता बनायो । तर ८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २–२ को बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् ।











