१५ औँ संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलङ्काले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलङ्का नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्।भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ। फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ।
एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। यसपटक टी-२० फर्म्याटमा खेलाइने छ, जहाँ ९ टोलीको सहभागिता रहनेछ। युएई, कुवेत, सिंगापुर र हङकङले छनोट चरणमा भिड्नेछन्। विजेताले भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा स्थान बनाउनेछ। प्रतियोगितामा दुई समूहमा विभाजन गरी ६ टोली सहभागी हुनेछन्। भारत, पाकिस्तान र छनोट चरणको विजेता समूह ‘ए’ मा छन्। श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। समूहका शीर्ष दुई टोली सुपर-४ राउन्डका लागि छनोट हुन्छन्। सुपर(४ मा टिमहरूले फाइनलअघि फेरि एकअर्कासँग खेल्छन्। शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।
समूह ए !
भारत विरुद्ध पाकिस्तान : २८ अगस्ट, दुबई
भारत विरुद्ध छनोट विजेता : ३१ अगस्ट, दुबई
पाकिस्तान विरुद्ध छनोट विजेता : २ सेप्टेम्बर, शारजाह
समूह बी !
श्रीलङ्का विरुद्ध अफगानिस्तान: २७ अगस्ट, दुबई
बङ्गलादेश विरुद्ध अफगानिस्तान : ३० अगस्ट, शारजाह
श्रीलङ्का विरुद्ध बङ्गलादेश : १ सेप्टेम्बर, दुबई











