हेटौंडा – मकवानपुर प्रहरीले लागु औषधसहित हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध विभिन्न प्रकारका लागु औषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कमलडाँडाबाट पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–४ बस्ने १९ वर्षीय सामसाद देवानलाई पक्राउ गरेको हो ।
हेटौंडा–४ स्थित फरेष्टीबाट पिप्लेतर्फ जादै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्बरको मोटरसाइकल सवार देवानलाई विभिन्न प्रकारका लागुऔषधसहित वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटसाइकल रोकी सुरक्षा जाँच गर्ने क्रममा देवानले भिरेको ब्यागबाट लागुऔषध नाईट्रोभेट १५० ट्याव्लेट, अलिकोन ८० क्याप सुल, कोडीवेल ३० बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । लागुऔषध, मोटरसाइकल र देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।