मकवानपुर । मकवानपुरमा राहदानी र राष्ट्रिय परिचयपत्रको फारम स्थानीय तहबाटै भर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको १० वटै स्थानीय तहबाट राहदानी र राष्ट्रिय परिचयपत्रको विद्युतीय फारम निःशुल्क भर्न सकिने भएको हो ।
मकवानपुरका सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले पालिकाबाटै फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले गत २१ गते स्थानीय तहका प्रमुख र अधिकृतहरुसँगको छलफलपछि यस्तो निर्णय गरिएको र सहमति अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने भिडभाडलाई कम गर्न हिजो (शुक्रबार) बाट कार्य थालनी भएको बताउनुभयो । यस्तै राष्ट्रिय परिचयपत्रको फारम भने, साउन १ गतेबाट स्थानीय तहमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।