मकवानपुर – गणतन्त्र दिवस–२०७९ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता भएको हो ।
प्रतियोगितामा पुरुष तर्फ हेटौंडा १४ का सञ्जीव मिजार र महिला तर्फ गोरखबहादुर गणका भिष्मा बस्नेत प्रथम हुनु भएको छ । प्रतियोगितामा संजीव निर्धारित ६ किमि दुिर २३ दशमलब २६ मिनेटमा पार गर्दै प्रथम हुनुभयो । यस्तै, पुरुष तर्फ प्रतियोगितामा नारायण जिसीले २३ दशमलब ३१ र गणेश बहादुर कुँवरले २३ दशमलब ४७ मिनेटमा निर्धारित दुरी पार गर्दै द्वितीय र तृतीय हुनु भएको थियो ।
त्यस्तै, महिला तर्फ भिष्मा बस्नेतले २७ दशमलब ३८ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम हुनु भयो । भने, क्रमश बसन्ती गोले २८ दशमलब ४२ मिनेट र दूर्गा स्वतीले ३० दशमलब ३५ मिनेटमा निर्धारित दुरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुने संजीव र भिष्माले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । भने, द्वितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।











