file photo

आज तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगका केही ठाउँमा हिमपातको सम्भावना रहेकाे माैसम विभागले जनाएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुने छ ।