हेटौंडा- हेटौंडामा लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध डाईजेपाम समेत बिक्रि बितरण गरी रहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौडा उप महानगरपालिका वडा नम्बर १३ पदमपोखरीबाट लागूऔष सहित एक जनालाई पक्राउ गरेको छ ।
पदमपोखरी बस्ने २३ वर्षिय निक्मा लामाले पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल लागू औषध डाईजेपाम फेला पारेको हो । लामालाई प्रहरीले थप अनुसंधान गरिरहेको छ । यसैगरी मकवानपुर प्रहरीले हेटौडा –४ स्कुलरोड स्थित पैदल हिडिरहेको अबस्थामा हेटौंडा १० घर भई हाल हेटौंडा ८ बस्ने ३१ वर्षिय राजेश बिक र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल हेटौंडा ५ बस्ने २६ वर्षिय मानविर थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । उनीहरुले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध वनरेक्स २६ बोतल फेला परेको हुदाँ उक्त लागुऔषध वनरेक्स सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।