काठमाण्डौ महानगरमा बालेन साहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५५ हजार ७९२ मत गन्दा बालेन शाहले २१ हजार ३२४ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार २१६ मत प्राप्त गर्नुभएको छ । स्थापित शाहभन्दा १० हजार १०८ मतले पछाडि हुनुहुन्छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजारभन्दा धेरै मत पाउनु भएको छ ।