मकवानपुर – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विष्णु बहादुर विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी हुनुभएको हो । कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्टले ९७१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार ढकालले ७ हजार ७७१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा कांग्रेसका गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गर्नुभएको थियो । १२ वटा वडा रहेको थाहामा माओवादी ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।











