हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा गोपाल बहादुर नेसुर विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार नेसुरले ७६० मत ल्याउँदै विजयी बनेका हुन् । उनका प्रतिस्पधी नेकपा एमालेका ३२३ मत ल्याएका छन् । यसैगरि,नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेद्वार कृष्‍ण राज भुलुनले १२५ मत ल्याए ।