हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार हिरेन्‍द्र कुमार रायमाझी विजयी भहुनु भएको छ । केहि समय अघि सम्पन्न मतगणनाको नजिता अनुसार रायमाझीले ७५९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार सुजन कुमार रायमाझी ५७० मत मात्र प्राप्त गर्नुभयो । यसैगरि,राष्ट्रिय जनमोर्चाका दिनेश विष्‍टले ४६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोद केसीले ३४ मत प्राप्त गर्नु भएको छ ।