इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई पराजित गरेकाे छ । गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले पराजित गरेकाे हो ।
आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ । पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ । २९ खेलमा म्यानचेस्टर सिटी ७० अङ्कका साथ शीर्षस्थानमा कायमै छ । ६९ अङ्कका साथ लिभरपुल दोस्रो र २८ खेलमा ५९ अङ्कका साथ चेल्सी तेस्रो स्थानमा छ ।