मकवानपुर – बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा १५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । बागमती प्रदेश सरकारको अर्धवार्षिक बजेट मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा १५ दशमलव १५ प्रतिशत मात्रै खर्च भएको बताउनुभयो ।
मंगलबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो । बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले चालु आर्थिक वर्षको कूल विनियोजित ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ मध्ये ६ महिनामा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । जुन कूल बजेटको १५ दशमलब १५ प्रतिशत मात्र हुन आउँछ ।
यस्तै, कुल खर्र्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड १६ लाख ३३ हजार रुपैयाँ विनियोजित रकमको १९ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमाा सघीय सरकारबाट सशर्त, समानीकरण, समपुरक र विशेष अनुदानबाट कुुल समिक्षातर्फ ९ अर्ब ४८ करोड १९ लाख ९५ हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ । यस्तै चालु आर्थिक वर्षमा कुल ३१ अर्व ६९ करोड ४१ लाख २७ हजार राजस्व प्राप्त हने अनमुान गरिएकोमा समीक्षा अवधिमा कुल १३ अर्व ५६ करोड ९२ लाख ५६ हजार मात्र अर्थात अनमुानको ४२ दशमलव ८१ प्रतिशत मात्र संकलन भएको उहाँले बताउनुभयो । काेभिड महामारिका कारण बजेट खर्च हुन नसकेकाे तथा राजस्व कम संकलन भएकाे बताइर्एकाे छ ।











