हेटाैंडा – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पु¥याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।
अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुभएको नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । ओलीले प्रधनमन्त्री हुँदा नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासो दिइ सरकारका तर्फबाट स्काउट अभियानलाई देशैभरी विस्तार गर्न नीतिगत तथा आर्थिक सहयोग गराउनुभएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनाका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम शुरु गर्नुभएको थियो । पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने सबै विद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य भइरहेको छ ।
सत्ताघटककै कार्यकर्ताबाट आन्दोलन भएकामा अध्यक्ष ओलीको आपत्ति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ती प्रकट गर्नुभएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताउनुभयो । उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताउनुभयो । आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो ।











